हेटौंडा १७ मा १६८४ मतगणना : कसले कति पाए ?

तु खबर संवाददाता
२०७९ जेष्ठ ३,मंगलवार १३:३४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ६८४ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले ५०६ मत प्राप्त गरेकी छन् ।

यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ४९३ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ४४९ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ६४९ मत र एमालेकी सुमित्रा काफ्लेलाई ४८० मत प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले ५७९ मत, एमालेका उम्मेदवारले ४८४ मत, नेकपा माओवादीका उम्मेदवारले ३८५ मत प्राप्त गरेका छन् ।