हेटौंडा १७ मा १०० मत गन्दा गठबन्धन अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना जारी रहेको छ । हालसम्म १ सय मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले ३६ मत प्राप्त गरेकी छन् ।
यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले २७ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २३ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ४२, एमालेकी सुमित्रा काफ्लेलाई २६ मत, राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ६ मत प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले २९ मत, एमालेका उम्मेदवारले २९ मत, नेकपा माओवादीका उम्मेदवारले १७ मत र राप्रपाका उम्मेदवारले ३ मत प्राप्त गरेका छन् ।
