भक्तपुरको मेयरमा पुनः प्रजापति निर्वाचित
भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मत गणनामा प्रजापति २९ हजार २ सय मतसहित निर्वाचित भएका हुन् । जुन ९ गुणा बढीको मतान्तर हो ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत मात्र प्राप्त गरेका छन् । यस्तै, उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९ हजार ६ सय ९५ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत पाएकी छन् ।
