कैलाश गाउँपालिकाको अध्यक्षमा गठबन्धनका मुक्तान विजयी

तु खबर संवाददाता
२०७९ जेष्ठ २, सोमबार १२:४२

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ । सोमबार सम्पन्न मतगणना अनुसार, कैलाशको अध्यक्षमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका लोकबहादुर मोक्तानसहित प्यानलनै निर्वाचित भएको हो ।

मोक्तानले ४ हजार ८९७ मत प्राप्त गर्दा उनका प्रत्यासी नेकपा एमालेका नरेन्द्रलाल रिजालले ४ हजार ९३ मत प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार बालकुमार मल्ल ठकुरी विजयी भएका छन् । ठकुरीले ४ हजार ८८ मत प्राप्त गर्दा उनका प्रत्यासी नेकपा एमालेकी सुकुमाया थिङले ३ हजार ९३७ मत प्राप्त गरेकी छन् । कैलाशमा कूल १० हजार ८६५ मत खसेको थियो ।