हेटौंडा ३ मा ६७२ मतगणना : मिनाको अग्रता कायमै

तु खबर संवाददाता
२०७९ जेष्ठ २, सोमबार १०:४८

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ को मतगणना जारी रहेको छ । हालसम्म ६ सय ७२ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले २६३ मत प्राप्त गरेकी छिन् ।

यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले १८९ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ११३ मत र मौलिक जरोकिलो पार्टीकी उम्मेदवार सृजना बर्तोलाले १६ मत प्राप्त गरेका छिन् ।

त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ३५३, एमालेकी सुमित्रा काफ्लेलाई १७४, राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ३८ मत प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले ३१९, एमालेका उम्मेदवारले १९० मत, नेकपा माओवादीका उम्मेदवारले ११२ मत र राप्रपाका उम्मेदवारले ३८ मत प्राप्त गरेका छन् ।