अपडेटः बकैया ६ मा नेकपा एमालेको प्यानल नै विजयी
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
एमालेका वडा अध्यक्षका उम्मेदवार फूलबहादुर भोम्जनले ८३४ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
यसैगरी उनका प्रतिस्पर्धीहरु नेपाली काँग्रेसका सेतेमान बलले ५३६ र नेकपा माओवादी केन्द्रका बाग सिं भोम्जनले ४३९ मत प्राप्त गरे ।
