हेटौंडा २ मा १९८१ मत गणनाः कसको मत कति ?
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ९ सय ८१ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामालाई ३७४ मत प्राप्त भएको छ भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेललाई ३४० मत प्राप्त भएको छ ।
२ नम्वर वडाबाट हालसम्म राप्रपाका उम्मेदवार दिपक सिंहलाई १ हजार ३८ मत प्राप्त भएको छ ।
त्यस्तै उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ९५८, एमालेकी सुमित्रा काफ्लेलाई ६६७, राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ३०६ मत प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा भने गडबन्धनका विष्णुगोपाल महर्जनलाई ७५६, एमालेका हरि राउतलाई ५१३, राप्रपाका किशोर ढकाललाई ३१९ र स्वतन्त्र उम्मेदवार सुदिप राजबाहकलाई २१६ मत प्राप्त भएको छ ।
