हेटौंडा २ मा १८८१ मतगणना: कसको मत कति ?

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार २०:५३
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ८१ मत गणना भएको छ । जसमा गठबन्धनका उम्मेदवार विष्णुगोपाल महर्जनको ७५६, नेकपा एमालेका हरि राउतको ५१३, राप्रपाको किशोर ढकालको ३०९ र स्वतन्त्र उम्मेदवार सुदिप राजबाहकले २०६ मत प्राप्त गरेका छन् ।

वडा नम्वर २ मा ३ हजार २८६ मत झरेको छ । जसमा १ हजार ८८१ मत गणना भएको हो । वडा नम्वर २ बाट मेयर पदमा गठबन्धनकी मिना लामालाई ३७४, नेकपा एमालेका अनन्त पौडेललाई ३४०, राप्रपाका १ हजार ३८ मत प्राप्त भएको छ भने उपमेयर पदमा गठबन्धनका राजेश बानियाँलाई ९५८, एमालेकी सुमित्रा काफ्लेलाई ६६७ र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ३०६ मत प्राप्त भएको हो ।

वडा नम्वर १ को भने अन्तिम परिणाम आइसकेको छ । जसमा गठबन्धनका सविन न्यौपाने निर्वाचित भएका छन् ।