इन्द्रसरोवर ४ मा एमालेको प्यानल नै विजयी
मकवानपुर । इन्द्रसरोवर गाउँपालिका वडा नं ४ को मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ । प्राप्त जानकारी अनुसार नेकपा एमालेको प्यानल नै सो वडामा विजयी भएको हो । वडा अध्यक्षमा नेकपा एमालेका चन्द्रकुमार बलले ८०५ सहित जित हात पारेका छन् भने गठवन्धनका उम्मेदवार विष्णुबहादुर डिम्डुङले २०५ मत ल्याएका छन् ।
पालिका अध्यक्ष तथा उपाध्यक्ष पदमा भने नेकपा एमालेले अग्रता कायम नै राखेको छ । अध्यक्ष पदमा एमालेका देवकृष्ण पुडासैनीले ३ हजार ४२५ मत प्राप्त गरेका छन् । भने दोस्रो स्थानमा कांग्रेसका विश्वलाल लामाले २ हजार ७०२ मत ल्याएका छन् । पालिका उपाध्यक्षमा एमालेका उमाकुमारी लामाले ३ हजार ३७८ मत पाएकी छिन् । उनको निकटतम प्रतिस्पर्धी कांग्रेसकी निर्मला लामा२ हजार ७८८ मत सहित दोस्रो स्थानमा रहेकी छिन् ।
