अपडेट : राक्सिराङमा मतगणना स्थगित

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार १९:०३

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ४ को मतगणना स्थगित भएको छ । मतपत्रमा हस्ताक्षर नभएको ८ सुर्य ७ छाप भएको ५ मत भेटिए पछि मत गणना स्थगित भएको हो ।

उक्त मत खसेको मतदान केन्द्रमा राक्सिराङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिजय कापरी बुथ अधिकृत रहेका कारण एमालेले विरोध जनाएको छ ।