हेटौंडा १ मा अब २६३ मत मात्रै गन्न बाँकी
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना जारी छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडाको १, २, १८ र १९ नम्वर वडाको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
हालसम्म वडा नम्वर १ को ३ हजार २३ मत गणना भएको छ । जसमा वडा अध्यक्ष पदमा गठबन्धनका सविन न्यौपानेले १ हजार ३२८ मत ल्याएका छन् भने एमालेका उत्तम पौडेलले १ हजार २१५ मत ल्याएका हुन् । त्यस्तै राप्रपाका सुजन शाहीले १८० मत ल्याएका छन् ।
हेटौंडा १ मा ३ हजार २९३ मत खसेको थियो । जसमा ३ हजार २३ मत गणना भइसकेको छ भने अब २६३ मत गन्न बाँकी छ । मतगणना जारी छ ।
