हेटौंडा १ मा १७० मत गन्न बाँकी, न्यौपाने जितको नजिक
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना जारी छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडाको १,२,१८ र १९ नम्वर वडाको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
हालसम्म वडा नम्वर १ को ३ हजार १२३ मत गणना भएको छ । जसमा वडा अध्यक्ष पदमा गठबन्धनका सविन न्यौपानेले १ हजार ३६८ मत ल्याएका छन् भने एमालेका उत्तम पौडेलले १ हजार २५६ मत ल्याएका हुन् । त्यस्तै राप्रपाका सुजन शाहीले १९० मत ल्याएका छन् ।
प्राप्त मत परिणाम अनुसार गठबन्धनका न्यौपानेले एमालेका पौडेललाई ११२ मतले लिड गरेका छन् । हेटौंडा १ मा ३ हजार २९३ मत खसेको थियो । अब १७० मत गन्न बाँकी छ । मतगणना जारी छ ।
