इन्द्रसरोवर ३ मा भारी मतले एमालेका भोम्जन विजयी
मकवानपुर । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ को वडा अध्यक्ष पदमा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । १ हजार १७६ मतका साथ एमालेका प्रताप भोम्जन निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पुरीले ६७९ मत प्राप्त गरेका थिए । यसअघि इन्द्रसरोवर गाउँपालिका वडा नम्वर १ र २ मा क्रमश कांग्रेसका सुवास थापा र सुमन श्रेष्ठ निर्वाचित भएका थिए । बाँकी वडाहरुको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
