मकवानपुरगढी ८ मा कांग्रेसको प्यानल नै विजयी, कसको मत कति ?

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार ०९:२१

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८ मा नेपाली कांग्रेसको प्यानल निर्वाचित भएको छ । वडा अध्यक्ष पदमा कांग्रेसका कुमार घिसिङ निर्वाचित भएका हुन् । घिसिङ् २०७४ को निर्वाचनमा पनि सोही वडाको वडा अध्यक्ष निर्वाचित भएका थिए । उनले ४४८ मत प्राप्त गर्दै जित हात पारेका हुन् ।

वडामा कूल एक हजार ८१ मत खसेकोमा एमालेका उम्मेदवार विनोद पुडासैनीले ३५० र माओवादी केन्द्रका उम्मेदवार गुन्जरत्न लुम्बाले २२१ मत प्राप्त ल्याएका छन् ।

८ नम्वर वडाबाट गठबन्धनबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार दोर्जे लामा स्याङतानलाई ६२०, विदुर हुमागाईलाई ३७४ प्राप्त प्राप्त भएको छ । उपाध्यक्ष पदमा भने मानकुमारी पाख्रीनलाई ५८४ र सन्तु थिङलाई ३६८ मत खसेको छ ।

त्यस्तै मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ मा पनि कांग्रेसको प्यानलनै विजयी भएको छ । वडा अध्यक्ष पदमा आइत सिं लो पुनः निर्वाचित भएका छन् । कूल खसेको १ हजार ४५९ मतमध्ये ७९३ मत ल्याएका हुन् । उक्त वडामा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवारले गोपाल लुङवाले ४११, नेकपा माओवादी केन्द्रका विजय थिङले १६५ मत प्राप्त गरेका थिए । अहिले वडा नम्बर २ र ७ को मतगणना जारी रहेको छ ।