मकवानपुरगढीमा गठबन्धनको अग्रताः १ नम्वरमा कांग्रेसको प्यानलनै विजयी
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ मा नेपाली कांग्रेस नेतृत्व प्यानल नै विजयी भएको छ ।
आइतबार बिहानको अन्तिम मतपरिणाम अनुसार वडा अध्यक्ष पदमा कांग्रेसका आईत सिं लो सहित प्यानलनै विजयी भएको हो । उनले ७९३ मत प्राप्त गरेका थिए भने उनको प्रत्यासी एमालेका उम्मेदवारले ४११ र माओवादीका उम्मेदवारले १६५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नम्वर १ को अन्तिम मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवारले ८१२ र एमालेका उम्मेदवारले ४०६ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले ६३४ मत र एमालेका उम्मेदवारले ४२५ मत प्राप्त गरेका छन्।
