इन्द्रसरोवर २ नम्वर वडामा कांग्रेसका श्रेष्ठ निर्वाचित
मकवानपुर । इन्द्रसरोबर गाउँपालिका वडा नम्वर २ मा कांग्रेस विजयी भएको छ । कांग्रेसले करिब ३२ वर्षपछि विजयी भएको हो । कांग्रेसका युवा नेता सुमन श्रेष्ठ विजयी भएका हुन् ।
त्यसक्षेत्रका युवा व्यवसायी श्रेष्ठले एमालेका उम्मेदवार वैकुण्ठ थापा मगरलाई फराकिलो मतअन्तरले पराजित गर्दै विजयी भएको हो । यस वडामा अघिल्लो निर्वाचनमा एमाले विजयी भएको थियो ।
श्रेष्ठ अघिल्लो स्थानीय तह निर्वाचनमा पराजित भएका थिए ।
