हेटौंडामा रोचक प्रतिस्पर्धा: मिना लामा १ मतले अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरमा रोचक प्रतिस्पर्धा देखिएको छ । हाल हेटौंडा १, २, १८ र १९ नम्बरको मतगणना जारी छ । ४ वटै वडाको गरी कूल २ हजार ५ सय मतगणनाहुँदा सत्तारुढ ठबन्धनकी उम्मेदवार मिना लामा १ मतले अगाडि रहेकी छिन् । उनले यो समाचार तयार पार्दासम्म ७ सय ५४ मत प्राप्त गरेकी छिन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले ७ सय ५३ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवार दीपकबहादुरु सिंहले ६ सय ९१ मत प्राप्त गरेका छन् ।
स्थानीय तह निर्वाचन २०८९ : हालसम्मको मत परिणाम
| राजनीतिक दल | पद | प्राप्त मत | |
| नेकपा एमाले | मेयर | 753 | |
| ने.एकीकृत समाजवादी (गठबन्धन) | मेयर | 754 | |
| राप्रपा | मेयर | 691 | |
| कूल गणना भएको मत : | 2500 |
