हेटौंडा १ मा ८०० मत गणनाः कसको मत कति ?
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १ नम्वर वडाको हालसम्म ८ सय मत गणना भएको छ । जसमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले २५१ मत ल्याएकी छिन् ।
त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले २२९ र राप्रपाका दिपक बहादुर सिंहले २१३ मत ल्याएका छन् ।
उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले ३६१, एमालेकी सुमित्रा काफ्लेले २९० र राप्रपाकी इन्दिरा डल्लाकोटीले ५४ मत पाएकी छिन् ।
वडा अध्यक्षमा गठबन्धनका सचिव न्यौपानेले ३६८ मत पाउँदा एमालेका उत्तम पौडेलले ३३७ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवारले ४५ मत ल्याएका छन् ।
