हेटौंडा १९ को ६०० मत गणनाः यस्तो छ मत परिणाम

तु खबर संवाददाता
२०७९ बैशाख ३१, शनिबार १७:५०

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म ६ सय मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले २२४ मत ल्याएकी छिन् ।
त्यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले १८४ र राप्रपाका दिपकबहादुर सिंहले १०५ मत ल्याएका छन् ।

उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले २४५, एमालेकी सुमित्रा काफ्लेले २२२ मत पाएका छन् भने राप्रपाका उम्मेदवारले १९ मत प्राप्त गरेका छन् ।

वडा अध्यक्षतर्फ एमालेका उम्मेदवारले २२७, कांग्रेसका उम्मेदवारले १७७ र माओवादीको उम्मेदवारले १५१ र राप्रपाको उम्मेदवारले १७ मत पाएका छन् ।