हेटौंडा उपमहानगरः १९ मतले मिना अगाडि, राप्रपा तेस्रो स्थानमा
मकवानपुर । स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी छ । हालसम्म यहाँ २ हजार ५० मत गणना भएको छ ।
जसमा मेयर पदमा गठबन्धन र नेकपा एमालेबीच १९ मतको फरक रहेको छ । गठबन्धनबाट एकिकृत समाजवादीकी मिना लामाले ६ सय १९ मत प्राप्त गर्दा एमालेका उम्मेदवार अनन्त पौडेलले ६ सय मत ल्याएका छन् । त्यसैगरी राप्रपाबाट दिपक सिंहले ५७० मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसका राजेश बाँनियाले ९ सय ३, एमालेकी सुमित्रा काफ्लेले ७ सय २४ र राप्रपाकी इन्दीरा न्यौपानेले १ सय ५४ मत ल्याएकी छन् ।
