हेटौंडा १ को ७०० मत गणना: कसले कति पाए ?
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १ नम्वर वडाको हालसम्म ७ सय मत गणना भएको छ । जसमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले २२३ मत ल्याएकी छिन् ।
त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले १८२ र राप्रपाका दिपक बहादुर सिंहले २०८ मत ल्याएका छन् । राप्रपाका दिपक बहादुर सिंहले १७७ मत पाए ।
उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले ३१४, एमालेकी सुमित्रा काफ्लेले २५९ र राप्रपाकी इन्दिरा डल्लाकोटीले ४५ मत पाएकी छिन् ।
वडा अध्यक्षमा गठबन्धनका सचिव न्यौपानेले ३१६ मत पाउँदा एमालेका उत्तम पौडेलले ३०३ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवारले ४१ मत ल्याएका छन् ।
