हेटौंडा १ को ६०० मतगणना: कसले कति पाए ?

तु खबर संवाददाता
२०७९ बैशाख ३१, शनिबार १५:५२
file-photo

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १ नम्वर वडाको हालसम्म ६ सय मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले १९६ मत ल्याएकी छिन् ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले १८२ र राप्रपाका दिपक बहादुर सिंहले १४७ मत ल्याएका छन् ।

उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले २७०, एमालेकी सुमित्रा काफ्लेले २२५ र राप्रपाकी इन्दिरा डल्लाकोटीले ३६ मत पाएकी छिन् । वडा अध्यक्षमा गठबन्धनका सचिव न्यौपानेले २७० मत पाउँदा एमालेका उम्मेदवारले २७० र राप्रपाका उम्मेदवारले ४५ मत ल्याएका छन् ।