हेटौंडा २ को ३०० मत गणना: कसले कति पाए ?
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । २ नम्वर वडाको हालसम्म ३ सय मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ६८ मत ल्याएकी छिन् ।
त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले ६४ र राप्रपाका दिपक बहादुर सिंहले १३६ मत ल्याएका छन् ।
उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले १५०, एमालेकी सुमित्रा काफ्लेले ४९ र राप्रपाकी इन्दिरा डल्लाकोटीले ४१ मत पाएकी छिन् ।
वडा अध्यक्ष पदमा गठबन्धनका विष्णु गोपाल महर्जनले ११४ मत पाउँदा नेकपा एमालेका हरि राउतले ८६ मत ल्याएका छन् । त्यस्तै राप्रपाका किशोर ढकालले ५८ र स्वतन्त्र उम्मेदवार सुदिप राजबाहकले २० मत पाएका छन् ।
