थाहा नगरपालिका वडा नम्वर १ मा माओवादी केन्द्रका गोपाली निर्वाचित
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन अन्तरगत थाहा नगरपालिकामा भएको निर्वाचनमा माओवादी केन्द्रले खाता खोलेको छ । शनिबार दिउँसो वडा नम्वर १ को सम्पन्न मतगणनामा अध्यक्ष पदमा माओवादी केन्द्रका हेरमान गोपाली १ सय ५ मतान्तर सहित विजयी भएका हुन् ।
गोपालीले ८ सय ६३ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका प्रदिप प्रधानले ७ सय ५८ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुपचन गोपालीले ३ सय ५८ मत प्राप्त गरेका छन् ।
वडा नम्वर १ मा उनीसहित माओवादीको प्यानल नै विजयी भएको हो । अब वडा नम्वर २ को मतगणना थालनी गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
