अपडेटः १२५० मत गन्दा गठबन्धनकी लामाको अग्रता कायमै
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । अहिले वडा नम्वर १, २,१८ र १९ को मतगणना जारी रहेको छ । हालसम्म ४ वटा वडाको कूल १ हजार २५० मत गणना गर्दा गठबन्धनका उम्मेदवार मिना लामाले ३८८ मत पाएकी छिन् । त्यस्तै नेकपा एमालेका अनन्त पौडेलले ३७० र राप्रपाका दिपकबहादुर सिंहले ३४२ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा गठबन्धनका राजेश बानियाँले ५७५, एमालेकी सुमित्रा काफ्लेले ४०८ र राप्रपाकी इन्दिरा डल्लाकोटीले ८८ मत ल्याएकी छिन् । मकवानपुरमा अहिले वडा नम्वर १,२,१८ र १९ नम्वरको मतगणना भइरहेको छ । यो परिणामको आधारमा गठबन्धनकी उम्मेदवार लामाले एमालेका पौडेललाई १८ मतले लिड गरिरहेकी छिन् । राप्रपाका सिंह तेस्रो नम्वरमा छन् ।
