अपडेटः हेटौंडा १९ को ३ सय मतगणना, कसले कति मत पाए ?

तु खबर संवाददाता
२०७९ बैशाख ३१, शनिबार १४:४१
file-photo

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म ३ सय मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले १०९ मत ल्याएकी छिन् ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले ८५ र राप्रपाका दिपक बहादुर सिंहले ६० मत ल्याएका छन् ।
उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले १३४, एमालेकी सुमित्रा काफ्लेले १२ मत पाएका छन् ।

वडा अध्यक्षतर्फ एमालेका उम्मेदवारले १२१, कांग्रेसका उम्मेदवारले १०० र माओवादीको उम्मेदवारले ६९ मत पाएका छन् ।