हेटौंडा उपमहानगर: हालसम्म ९०४ मत गणना गर्दा लामा १० मतले अगाडि

तु खबर संवाददाता
२०७९ बैशाख ३१, शनिबार १४:१६

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । अहिले वडा नम्वर १, २,१८ र १९ को मतगणना जारी रहेको छ । हालसम्म ४ वटा वडाको कूल ९०४ मत गणना गर्दा १० मतले गठबन्धनकी उम्मेदवार मिना लामा अगाडि रहेकी छिन् ।

लामाले २८३ मत ल्याउँदा नेकपा एमालेका अनन्त पौडेलले २७३ मत पाएका छन् । त्यस्तै राप्रपाका दिपक बहादुर सिंहले १२४ मत ल्याएका छन् ।

उपमेयरतर्फ गठबन्धनका राजेश बानियाँले ४१८मत ल्याउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले ३१९ र राप्रपाकी इन्दिरा डल्लाकोटीले ६१ मत ल्याएकी छिन् ।