मनहरीमा पनि कांग्रेसले खोल्यो खाता: १ नम्वर वडामा खनालको प्यानल नै विजयी

तु खबर संवाददाता
२०७९ बैशाख ३१,शनिबार १३:५७

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर १ मा नेपाली कांग्रेसका शिवप्रसाद खनाल वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार खनालसहित उनको प्यानल नै विजयी भएको हो ।

खनालले १ हजार ९३ मत ल्याएका थिए । उनीसँगै नेपाली कांग्रेसबाट सदस्यहरुमा प्रदिप ढकाल, सानुकान्छा घलान, सिद्धिमाया तामाङ् ,साबित्रि घिमिरे विजयी भएका हुन् ।

यो वडामा १ हजार ७ सय मत ८७ मत खसेको थियो । खनालका निकटतम नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उमेद्धवारले ३ सय ९३ मत पाएका थिए भने समाजवादी र माओवादीका गठबन्धनले ३ सय ३१ मत पाएका थिए । यसैगरी यो वडाबाट गाँउपालिकाका अध्यक्षका लागि कांग्रेस उम्मेदवारले ९ सय ९८र उपाध्यक्ष उमेदवारले ४ सय ६४ मत पाएको जनाइएको छ ।