हेटौंडा १९ को मतगणना अपडेटः गठबन्धनको अग्रता

तु खबर संवाददाता
२०७९ बैशाख ३१,शनिबार १३:२१

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ को मतगणना जारी छ । हालसम्म १५५ सय मत गणना गर्दा सत्तारुढ पाँच दलीय गठबन्धनकी मिनाकुमारी लामाले ५६, नेकपा एमालेका अनन्त पौडेलले ३६, र राप्रपाका दिपक बहादुर सिंहले ३२ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा गठबन्धनका उम्मेदवार राजेश बानियाँको ६९, नेकपा एमालेकी सुमित्रा काफ्लेको ४२ र राप्रपाकी इन्दिरा डल्लाकोटीले ४ मत पाएकी छिन् ।

वडा अध्यक्ष पदमा गठबन्धनका उम्मेदवारले ५२, नेकपा एमालेका उम्मेदवारले ४६, राप्रपाका उम्मेदवारले २ र ५ म त बदर भएको छ ।