अपडेटः थाहा नगरपालिका वडा नम्वर १ मा १२०० मतगणना

तु खबर संवाददाता
२०७९ बैशाख ३१,शनिबार १२:१५

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म वडा नम्वर १ को १ हजार २ सय मत गणना गरिएको छ । जसमा गठबन्धनका उम्मेदवार विष्णु विष्टले ६१४ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार अचुतम ढकालले ४१८ मत ल्याएका छन् ।

त्यस्तै उपमेयर पदमा गठबन्धनका उम्मेदवार भरत गोपालीले ५७०, एमालेकी कल्पना बलामीले ४४६ मत ल्याएकी छिन् । मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।