इन्द्रसरोवर १ मा कांग्रेसका थापा मगर निर्वाचित

मकवानपुर । इन्द्रसरोवर गाउँपालिका वडा नम्वर १ को मतगणना सम्पन्न भएको छ । मतगणना अनुसार सो वडामा नेपाली कांग्रेसका सुवास थापा मगर ७ सय ५३ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सो वडामा नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत पाएका थिए । यस्तै वडा सदस्यहरुमा नेपाली कांग्रेसका तर्फबाट मनकृष्ण थापामगर,बुद्ध घिसिङ्, गोमा लामा विजयी भएका छन् भने दलित तर्फ सदस्यमा नेकपा एमालेका तर्फबाट लक्ष्मी दमाई सर्बसम्मत भएकी थिइन् ।
१ हजार ६ सय ९२ मतदाताले मतदान गरेको यो वडामा कांग्रसकोे प्यानलनै विजयी भएको कांग्रेस नेता सुमन श्रेष्ठले बताए ।