मतगणना अपडेट: हेटौंडा २ को १०० मत गन्दा राप्रपा अगाडि

तु खबर संवाददाता
२०७९ बैशाख ३१,शनिबार ११:२३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को १०० मत गणना हुँदा गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले २० मत पाएकी छिन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २१ मत पाएका छन् भने राप्रपाका दिपकबहादुर सिंहले ४४ मत ल्याएका छन् ।

त्यस्तै उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले ५५, नेकपा एमालेकी सुमित्रा काफ्लेले १८ मत ल्याएकी छिन् । वडा अध्यक्ष पदमा भने गठबन्धनका उम्मेदवार विष्णु गोपाल महर्जनले ४२ मत ल्याएका छन् भने नेकपा एमालेका हरि राउतले २६ मत ल्याएका छन् । राप्रपाको उम्मेदवार किशोर ढकालको ४४ मत आएको छ ।