मतगणना अपडेट: हेटौंडा १ को २४० गन्दा अनन्त अघिअघि मिना पछिपछि

तु खबर संवाददाता
२०७९ बैशाख ३१,शनिबार ११:१६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ को २४० मत गणना हुँदा गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले ८० मत पाएकी छिन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ८४ मत पाएका छन् भने राप्रपाका दिपकबहादुर सिंहले ४७ मत ल्याएका छन् ।

त्यस्तै उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले १०५, नेकपा एमालेकी सुमित्रा काफ्लेले ९७ मत ल्याएकी छिन् । वडा अध्यक्ष पदमा भने गठबन्धनका उम्मेदवार सविन न्यौपानेले ११० मत ल्याउँदा नेकपा एमालेका उत्तम पौडेलले १०७ मत ल्याएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा ३ हजार २ ९२ मत खसेको थियो ।