हेटौंडा उपमहानगर अपडेटः २०० मतगणना

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ को २ सय मत गणना गन्दा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ७१, गठबन्धन (नेकपा एकीकृत समाजवादी) की उम्मेदवार मीना कुमारी लामाले ६५ र राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले ४२ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ८२, गठबन्धन (नेपाली कांग्रेस ) का उम्मेदवार राजेश बानियाँले ८८ र राप्रपाकी उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानको १२ मत आएको छ ।
वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार उत्तम पौडेलको ८९, गठबन्धनको उम्मेदवार सविन न्यौपानेको ९२ र राप्रपाका उम्मेदवार सुजन शाहीको ८ मत आएको जनाइएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा ३ हजार २ ९२ मत खसेको थियो ।