काठमाडौं महानगरपालिकाको मतगणना सुरु

तु खबर संवाददाता
२०७९ बैशाख ३१,शनिबार १०:४७

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मतगणना शनिबार विहान १० बजेदेखि सुरु भएको छ । सर्वदलीय बैठकपछि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको हो । मतगणना प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सुरु भएको हो ।

काठमाडौं महानगरपालिकाको मेयर पदका लागि एमालेबाट केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, विवेकशील साझाबाट समीक्षा बास्कोटालगायत ५६ जनाले उम्मेदवारी दिएका छन् ।