मनहरीमा मतगणना जारी: ७८२ गन्दा गठबन्धनको अग्रता कायमै
मकवानपुर । मनहरी गाउँपालिकामा मतगणना जारी रहेको छ । वडा नम्वर १ को ७८२ मत गणनाको हुँदा गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका रन्जन कालाखेतीले ३९७, नेकपा एमालेका एकराज उप्रेतीले १६९ र नेकपा एकीकृत समाजवादीका नारायण श्रेष्ठले १२२ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा माओवादी केन्द्रकी रेखा मगरले १७२ मत, नेकपा एमालेकी सुजिता थिङ्ले १४६ र नेकपा एकीकृत समाजवादीकी मनिला विष्टले १३० मत पाएकी छिन् ।
वडा अध्यक्षतर्फ नेपाली कांग्रेसका शिव खनालले ४२७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले १५४ र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले १२१ मत ल्याएको निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले जानकारी दिएका छन् ।
मनहरीमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ भने नेकपा एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दिएको छ ।
