भीमफेदीमा मतगणना जारी:  गठबन्धनको उम्मेदवारको सुरुवाती अग्रता

तु खबर संवाददाता
२०७९ बैशाख ३१, शनिबार ०८:५६

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेस गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

प्राप्त जानकारी अनुसार यो समाचार तयार पार्दासम्म माओवादी केन्द्रका उम्मेदवार बद्रीबहादुर स्याङ्तानले ४ सय ५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हिदम लामाले ३१५ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा पनि गठबन्धनका तर्फबाट उपाध्यक्ष पदमा कांग्रेस उम्मेदवार सञ्जीव श्रेष्ठले ४११ मत प्राप्त गरेका छन् भने एमालेकी पार्वती रानाले ३१५ मत ल्याउँदै पछ्याइरहेकी छिन् ।