मकवानपुरगढीमा विहानैबाट मतगणना सुरु
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । विहानैबाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ को कार्यालयमा मतगणना जारी रहेको छ । मकवानपुरगढीमा कुल १९ हजार ११८ मतदाता रहेकोमा १३ हजार ९५३ मतदाताले मतदान गरेका छन् ।
वडा नम्बर १ मा १ हजार ९६७ मतदाता मध्ये १ हजार ४५९ जनाले मतदान गरेका छन् भने वडा नम्बर २ मा ३ हजार ८० मतदातामध्ये २ हजार ८१ जनाले मतदान गरेका छन् । वडा नम्बर ३ मा २ हजार ५८४ मतदाता रहेकोमा १ हजार ९२६ मत खसेको थियो भने वडा नम्बर ४ मा भने २ हजार २१८ मतदाता मध्ये १ हजार ५८४ मत खसेको छ ।
त्यस्तै, वडा नम्बर ५ मा ३ हजार १२ मतदाता मध्ये २ हजार २२८ मत खसेको मतदान अधिकृत विकास श्रेष्ठले बताए । वडा नम्बर ६ मा भने २ हजार ४७३ मतमध्ये १ हजार ७४६ मत खसेको जनाइएको छ । वडा नम्बर ७ मा कुल मतदाता २ हजार २७३ रहेकोमा १ हजार ६४८ मत खसेको छ र वडा नम्बर ८ मा कुल मतदाता १ हजार ५२२ मा १ हजार ८१ मत खसेको जनाइएको छ ।
