मनहरी १ को ३०० मत गणना: गठबन्धनको अग्रता

तु खबर संवाददाता
२०७९ बैशाख ३१, शनिबार ०६:४८

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर १ को ३ सय मत गणना गर्दा सत्तारुढ गठबन्धनले पालिकामा अग्रता कायम गरेको छ । नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवारले १ सय ४२ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पदकी उम्मेदवारले ७० मत प्राप्त गरेकी छिन् ।

दोस्रोमा नेकपा एमालेबाट अध्यक्षमा ६४ मत र उपाध्यक्षमा ५६ मत प्राप्त भएको छ ।  यस्तै नेकपा एकिकृत समाजवादीबाट अध्यक्षमा ४१ मत र उपाध्यक्षमा ५९ मत प्राप्त भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टिबाट अध्यक्षका उम्मेदवारले ३ मत प्राप्त गरेका छन् भने उपाध्यक्षले पनि ३ मत प्राप्त गरेका छन् ।

वडाअध्यक्ष तर्फ नेपाली कांग्रेसले १ सय ४९ मत प्राप्त गरी अग्रता कायम गरेको छ भने नेकपा एमालेको ६०, नेकपा एकिकृत समाजवादीको ५९, मंगोलले ५ र राप्रपाले २ मत प्राप्त गरेका छन् ।