कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरे मतदान
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मतदान गरेका छन् । उनले विहान ७ः ४५ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१८ दोभानचौरस्थित कमला निम्न माद्यमिक विद्यालय पुगेर मतदान गरेका हुन् ।
मतदानपश्चात बानियाँले निर्वाचन स्वच्छ र निश्पक्ष ढंगबाट सम्पन्न गर्न सबैको महत्वपूर्ण भूमिका हुने बताए । कुनै त्रास वा प्रलोभनमा नपरी मतदान प्रक्रियामा सहभागी हुन उनले मतदाताहरुलाई अपिलसमेत गरेका छन् । चुनावी गठबन्धन लोकतन्त्र र संविधानको रक्षाको निम्ति भएको बताउँदै उनले जनताले देशैभर गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजयी गराउने विश्वास व्यक्त गरे । उनले गठबन्धनको जित सुनिश्चित भएको समेत बताए ।
मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकाको रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । हेटौंडाका विभिन्न मतदान केन्द्रहरुमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता देखिएको छ ।
