मकवानपुरमा मतदान केन्द्र धमाधम बनाइँदै (फोटो फिचर)

तु खबर संवाददाता
२०७९ बैशाख २९, बिहीबार १६:३५

मकवानपुर । मकवानपुरमा शुक्रबार हुने स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मतदान केन्द्रको व्यवस्थापन र मतदाता परिचयपत्र वितरणको कार्य तीव्रताका साथ भइरहेको छ

जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचनको लागि आवश्यक सामग्री, मतदान अधिकृतसहितका कर्मचारीहरु, सुरक्षाकर्मी र अन्य आवश्यक जनशक्ति पुगिसकेका छन् भने मतदान स्थलको व्यवस्थापन, मतदाता परिचयपत्र वितरणलगायत कार्यलाई तीव्र पारिएको निर्वाचन आयोगको कार्यालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।

निर्वाचनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न आयोगले जिल्लाको १ सय ६५ मतदान स्थलमा २ हजार ८ सय ३८ जना कर्मचारी खटाएको छ । जसमा १ हजार ७७० जनालाई आयोगले खटाएको हो भने १ हजार ६८ जना स्वयम् सेवकको रुपमा खटाइएको छ ।

निर्वाचन सुरक्षाका लागि सरकारले जिल्लाभरमा १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना खटाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । मतदान केन्द्र भित्र सुरक्षा प्रदान गर्न प्रहरी खटिने र मतदान केन्द्र बाहिर सेना खटाइने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

तस्वीरहरु :