दुर्घटनामा दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख २७, मंगलवार १८:०४
सांकेतिक तस्वीर

दाङ । दाङको गढवा गाउँपालिका–५ सिक्रहवामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–६ निवासी २० वर्षीय अरुण चौधरी र सोही स्थानका २३ वर्षीय सुरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोमबार दिउँसो साढे १ बजे गढवाबाट लमहीतर्फ आउँदै गरेको रा ६ प ७३७९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०२७ च ००७७ नम्वरको स्कार्पियोले ठक्कर दिँदा दुबै जना गम्भीर घाइते भएका थिए । घाइते दुबै जनाको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको थियो । दुबै जनाको उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।