हेटौंडाकी पाख्रिनको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख २७,मंगलवार ०८:२३
File Photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ शिखरपानीमा सोमबार साँझ मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया मनमाया पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, ना ४६ प २२७७ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर भएकी थिइन् । घाइते उनको उपचारको क्रममा हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा लिई उक्त दुर्घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।