मकवानपुरका मधु अधिकारी नेकपा एकीकृत समाजवादीमा प्रवेश

तु खबर संवाददाता
२०७९ बैशाख २५, आईतवार १६:४५

मकवानपुर । मकवानपुरका नेता मधु अधिकारी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । अधिकारी आइतबार पोखरा पुगेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। उनलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले टिका लगाएर स्वागत गरेका थिए ।

पार्टी प्रवेशपछि अधिकारीले समाजवादी यात्रामा सक्रिय रहने बताए । उनले राप्रपामा अझै पनि अवसरवाद, नातावाद र सामान्तवादको अभ्यास जारी रहेको र संगठनमा दिलोज्यान दिनेहरु अवसरबाट विमुख हुने क्रम अरु बढेकाले विद्रोह गरेको बताए ।

तीन दशकभन्दा बढी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा क्रियाशील रहेका अधिकारीले शुक्रबार मात्रै पार्टी परित्याग गरेका थिए । यस्तै, राप्रपा मकवानपुरका प्रवक्ता विशभ अधिकारी पनि पार्टी परित्याग गर्दै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।