दुर्घटनामा परेर बाबुछोरीको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख १९, सोमबार १५:४०
सांकेतिक तस्वीर

काठमाडौं । कास्कीको अन्नपूर्णमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग ३ च ३५२५ नम्बरको कारले ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृत्यु हुनेहरुमा ४५ वर्षीय जीतबहादुर पुन र १८ वर्षकी सविना पुन रहेका छन् । प्रहरीका अनुसार, उनीहरु बाबुछोरी हुन् । दुर्घटनामा परेर सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने जीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

कारको ठक्करबाट बाबुछोरीले ज्यान गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबीच अहिले परिवार र आफन्तले वार्ता गरिरहेका छन् । उनीहरूले कारका फरार चालकलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।