२ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी

तु खबर संवाददाता
२०७९ बैशाख १५,बिहीबार १६:४५

काठमाडौं । सरकारले हालसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी गरेको जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हालसम्म २ लाख ३० हजार ५२७ थान विद्युतीय राहदानी जारी भइसकेको जानकारी दिएकी हुन् ।

उनले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्रशासन कार्यालय र २३ वटा कुटनीतिक नियोगहरूबाट विद्युतीय राहदानी जारी कार्य भइरहेको बताइन् । राहदानी सम्बन्धी कामलाई अझ व्यवस्थित बनाउन राहदानी विभाग र परराष्ट्र मन्त्रालय लागि परिरहेको उनको भनाई छ ।