मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख १५, बिहीबार ०८:११

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर ६ बाङ्गेपहिरोमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसान रहेको जिल्ला प्रहरी कार्यालय म्यादीले जनाएको छ ।

प्रहरीका अनुसार, बिहान दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । सोही दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका वडा नम्वर २ का २५ वर्षीय सन्तोष किसान सामान्य घाइते भएका छन् । हाल सडक स्तरोन्नतिको काम भइरहेको छउक्त सडकबाट मोटरसाइकल करिब १०० मिटर तल खसेको थियो ।