बुधबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ बैशाख १४,बुधबार १६:०२

काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयरबजार झिनो अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ५ दशमलव १७ अंकले बढेर २ हजार ३७६ दशमलव १७ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३६ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज ४ उपसूचक बाहेकका सबै समुहमा हरियाली छाएको छ । सर्वाधिक विकास बैंक समुहको ७५.०१ रुपैयाँ बढेको छ भने सर्वाधिक व्यापार समुह ५.३९ रुपैयाँले घटेको छ ।