मकवानपुरमा ४ जनाले मात्रै हतियार बुझाए

तु खबर संवाददाता
२०७९ बैशाख २, शुक्रबार १७:१३

मकवानपुर । जिल्ला प्रशासन कार्यलय मकवानपुरले जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरु चैत्र मसान्तभित्र अनिवार्य रुपमा बुझाउन आग्रह गरेपनि ४ जनाले मात्र हतियार बुझाएका छन् । जिल्लामा दर्ता भएका ४९ थान हातहतियारमध्ये ४ जनाले मात्र हतियार बुझाएका हुन् ।

आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन अनुरोध गरेकोमा ४ जनाले मात्रै हतियार बुझाएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

हतियार नबुझाउनेहरुको विषयमा सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिने जिल्ला प्रशासन कार्यलय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।