लुम्बिनी विकास कोषको सल्लाहकारमा गुरुङ नियुक्त
काठमाडौँ । रुपन्देहीका युवा व्यवसायी तथा समाजसेवी सिद्धार्थ गुरुङ लुम्बिनी विकास कोषको सल्लाहकारमा नियुक्त भएका छन् । कोषले उनलाई पाँच वर्षका लागि सल्लाहकारमा नियुक्त गरेको हो ।
रुपन्देहीको बुटबल उपमहानगरपालिका वडा नम्वर ११ कालिकानगर निवासी गुरुङ् तमु युवा छोज धीः र गुरुङ राष्ट्रिय परिषद रुपन्देहीको अध्यक्ष हुन् । गुरुङ रेष्टुरेन्ट तथा निर्माण व्यवसायमा आवद्ध छन् । सल्लाहकार नियुक्त भएपछि गुरुङले आफ्नो क्षेत्रको विकासका लागि थप क्रियाशील भएर अघि बढ्ने बताए । उनले बुद्धको जन्मस्थानको रुपमा परिचित लुम्बिनीलाई थप प्रचारप्रसार गर्ने प्रतिवद्धता जनाए । सामाजिक सेवामा रुची राख्ने गुरुङले नियमित रुपमा असहायहरुका लागि सहयोग गर्दै आएका छन् ।
